लुम्बिनी लायन्सविरुद्ध विराटनगर फिल्डिङ गर्दै
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले टस जितेको छ। त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले फिल्डिङ गर्ने निर्णय गरेसँगै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन्।
पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो। एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment