महाधिवशेनका लागि एमालेको तयारी तीव्र

डिसी नेपाल
२५ मंसिर २०८२ १७:१३
12
Shares

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहका लागि भक्तपुरको सल्लाघारीमा आवश्यक तयारी तीव्र बनाइएको छ।

सल्लाघारी चौरमा मञ्च लगाएका अन्य अस्थायी पूर्वाधार निर्माणको कार्यलाई तीव्र पारिएको हो। उद्घाटन स्थलमा मञ्च निर्माणका साथै शौचालय, अतिथिहरूलगायतका लागि आवश्यक अस्थायी संरचना निर्माण कार्य तीव्र पारिएको हो।

यही मङ्सिर २७ गते सल्लाघरी चौरमा उद्घाटन सत्र सुरु गरि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने तथा २८ र २९ गते भृकुटीमण्डपमा बन्द सत्र एवं निर्वाचनबाट नयाँ केन्द्रीय कमिटी चयान गरने भएको एमालेले जनाएको छ।

महाधिवेशनलाई सफल बनाउन आवश्यक सवै तयारी तीव्र ढंगले अघि बढेको एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए। उनले पार्टीको नेतृत्व सकेसम्म सहमति र सहमति नभए लोकतान्त्रीक विधिबाट टुङ्गो लगाउने बताए। दाहालले पदाधिकारीमा आफ्नो दावेदारी रहने भन्दै नेतासँग छलफल भइरहेको जिकिर गरे।

राष्ट्रिय महाधिवेशन आउन केहि दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समेत नेताहरु चहलपहल बाक्लो भएको छ। पार्टी नेतृत्वबारे छलफल र उम्मेदवारका विषयमा नेता तथा कार्यकताहरु समेत छलफलमा व्यस्त छन्। एमालेले महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *