सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
२६ मंसिर २०८२ ११:१२
4.6k
Shares

काठमाडौं। बिहीबारको तुलनामा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ। सुन तोलामा तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोलसय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ९०५ निर्धारण भएको छ।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ८०५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *