नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ
काठमाडौं। नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईंले शुक्रबार पद तथा गोपनीयताको शपथग्रहणपछि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
पदभार ग्रहण समारोहमा बोल्दै मन्त्री चौलागाईंले सरकारले ‘जेनजी आन्दोलन’ लाई संस्थागत गरिसकेको उल्लेख गर्दै कर्णालीमा घोषणा गरिएको नयाँ राष्ट्रिय निकुञ्जलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताए।
उनले उक्त राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरी नियमित सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै कर्णाली प्रदेशको विकास र गतिशीलतामा जेनजी आन्दोलनको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।
मन्त्री चौलागाईंले भने, ‘कर्णालीको स्प्रिडलाई देशको विकासमा कसरी रूपान्तरण गर्ने भन्नेमा हामीले गम्भीर रूपमा सोच्नुपर्छ। जेनजीहरुको परिवर्तनमा ठूलो भूमिका छ। आन्दोलनको अग्रपङ्ति र घाइतेमा पनि कर्णालीका जेनजीहरु बढी छन्। कर्णाली उठ्यो भने देश पनि उठ्छ।’ उनले प्रदेशस्तरका चुनौती समाधान र राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment