लघुकथा : धोका

ईश्वर पोखरेल
२८ मंसिर २०८२ ११:५६
84
Shares

शीर्ष नेतृत्वसँगको गोप्य मन्त्रणा र पदको आश्वासनपछि उहाँ जहाँ-जहाँ बोल्नु भयो; यसरी बोल्नु भयो-“पार्टीले हामीलाई अवसर दिएको छैन भन्ने कुरा सत्य होइन, अहिले पनि साथीहरू जो विरोध गर्दै छन्, अनावश्यक बखेडा झिक्दैछन्। शीर्ष नेतृत्वबाट पक्षपात हुन्छ भन्ने जुन आशंका गरिँदैछ, त्यसको कुनै आधार छैन।”

पदको बाँडफाँटपछि प्रकाशित नामावलीमा उहाँकै नाम देखिएन।

उहाँ ‘दुर्वाशा मुद्रा’मा देखिनु भयो।
भन्दै हुनुहुन्थ्यो- “हामी सधैं भेदभावको सिकार भयौं। हामीलाई सधै धोका दिइयो। पार्टी यी नेताको मात्रै हो?”

पत्रकारले आँखा मिच्दै नजिकै उभिएको अर्को पत्रकारलाई कोट्ट्याएर खुसुक्क सोध्यो- “अघि अरूलाई सम्झाउने र अहिले आफै सम्हालिन नसक्ने मान्छे एउटै हो कि फरक हो?”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *