कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागेको हो।
बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशन दिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment