खगेन्द्र सुनार पनि रास्वपामा समाहित

डिसी नेपाल
२० पुष २०८२ २०:४७
1.8k
Shares

काठमाडौं । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल पनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा समाहित भएको छ।

आज रास्वपा पार्टी कार्यालयमा दुई पार्टीका नेताहरूबीच एकता समझदारी भएको हो।

यस्तै पार्टीको ५९‌औं केन्द्रीय कमिटी बैठकमा आज थप भएकामध्ये ७ जना सदस्यले शपथ लिएका छन्।

खगेन्द्र सुनार, सागर ढकाल, केपी खनाललगायत ७ जना नयाँ केन्द्रीय सदस्यको रुपमा सपथ लिएका हुन्।

यस्तै रास्वपाले काठमाडौंका मेयर बालेन साहसहित २६ जनालाई केन्द्रीय सदस्यका रूपमा अनुमोदनसमेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *