रास्वपाको समानुपातिक सूचीबाट डा. अरनिको पाँडे बाहिरिए
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या छ पुगेको छ। पछिल्लोपटक डा. अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।
डा. पाँडेले बदलिएको राजनीतिक परिस्थितिमा समानुपातिक बन्दसूचीमा रहिरहनु उपयुक्त नलागेको उल्लेख गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन्। उनले हिजो राति बसेको रास्वपा केन्द्रीय समिति बैठकमै आफ्नो निर्णय पार्टी नेतृत्वलाई जानकारी गराइसकेका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले लेखेका छन्, “पछिल्लो समय विकसित राजनीतिक अवस्थालाई मध्यनजर गर्दै समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले केन्द्रीय समिति बैठकमा मेरो नाम हटाउने निर्णय सुनाएको हुँ।”
यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले पनि समानुपातिक उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेका छन्।
लगातार उम्मेदवारी फिर्ता हुन थालेपछि रास्वपाको समानुपातिक सूचीबारे थप चर्चा सुरु भएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment