विशेष महाधिवेशनस्थल आउँदै महामन्त्री गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा दोस्रो विशेष महाधिवेशन स्थलमा आउन लागेका छन्। भृकुटीमण्डपमा उद्घाटन हुन लागेको दोस्रो विशेष महाधिबेशनमा सहभागी हुन निवासबाट महामन्त्री थापा हिँडेका हुन्।
सामाजिक सञ्जालमा महामन्त्री थापाले वुवा र आमाको आर्शीवाद लिएर आउदै गरेको जानकारी दिएका हुन्। उनले लेखेका छन्- यहाँहरुको माया अनि आमाबुवाको आशीर्वाद लिएर आउँदैछु।’
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन केहीबेरमा हुँदैछ। अहिले विभिन्न स्थानबाट झाँकी सहितका र्याली भृकुटीमण्डमा प्रवेश गरिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment