देश भ्रमले होइन, श्रमले चल्छ : अध्यक्ष साम्पाङ

डिसी नेपाल
९ माघ २०८२ २२:३१
32
Shares

कर्णाली । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले नभई श्रम र पसिनाले चल्ने बताएका छन्।

पार्टीको प्रदेशस्तरीय सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्न आज सुर्खेत आइपुग्नुभएका अध्यक्ष साम्पाङले देश चलाउन इमान्दार नेतृत्वको खाँचो रहेको बताए। उनले भने, ‘मैले सत्य लुकाएर बोल्न जानेको छैन । बेतिथि र भ्रष्टाचार विरुद्ध १५ वर्षदेखि एक्लै लड्दै आएको छु।’

विदेशीको इशारामा देश चलिरहेको आरोप लगाउँदै उहाँले माटोप्रतिको अक्षुण्ण भाव राखेर पसिना बगाउन सके मात्र देश बन्ने दाबी गरे। उनका अनुसार देश बचाउन र बनाउन श्रम अनिवार्य चाहिन्छ। पार्टी, धर्म र जातको नाममा हुने लडाइँ अन्त्य गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष साम्पाङले श्रम संस्कृति भाषण नभई ससाना कामबाट सुरु हुने महत्वपूर्ण संस्कार भएको जिकिर गरे।

काम नगर्ने प्रवृत्तिकै कारण मुलुक पछाडि परेको बताउनुभएका अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीका नेता नभई सबै श्रमदाताहरु हुने प्रतिक्रिया दिए। पुराना दलहरुबाट विद्यमान समस्या समाधान नहुने र देशमा सुशासन कायम गरी भ्रष्टाचार न्यूनीकरण गर्न श्रम संस्कृति पार्टीलाई समर्थन गर्नुपर्ने उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *