हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा पर्‍यो उजुरी

डिसी नेपाल
१२ माघ २०८२ १७:२५
1.9k
Shares

काठमाडौं । श्रम संस्कृ पार्टीका अध्यक्ष एवं सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

साम्पाङले फागुन २१ गते हुन लागेको चुनाव प्रचारप्रचार क्रममा बालबालिकाको प्रयोग गरेको आरोपमा उनीविरुद्ध आयोगमा उजुरी दर्ता भएको हो।

साम्पाङविरुद्ध धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको छ।

उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार उनीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने व्यवस्था छ। साम्पाङले भने चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको अभियोग छ।

सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई यसबारे छलफल गर्न र आचारसंहिता उल्लंघन गर्दा हुने कारबाही गर्न आग्रह गरेको छ।

बालबालिकाको प्रयोग गरेको प्रमाणित भएमा एक लाख रुपैयाँसम्मको जरिवाना हुने कानुनी व्यवस्था छ। एनमा कानुन उल्लंघन गर्ने व्यक्तिको उम्मेदवारी खारेज हुनसक्ने व्यवस्थासमेत रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *