पूर्वराजा शाहले गरे जानकी मन्दिरको दर्शन
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका छन्।
सोमबार साँझ जानकी मन्दिर पुगेर शाहले पूजाआजाका साथै दर्शन गर्नुभएको हो । जानकी मन्दिरमा पूर्वराजा शाहलाई जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए। शाहका समर्थकहरूले मन्दिरमा पुगेर भव्य स्वागत गरेका थिए।
शाहले जनकपुरमा समर्थकहरूसँग पनि भेटघाट गर्ने बुझिएको छ। उनी आइतबार नै जनकपुर पुगेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment