प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं-तराई द्रुतमार्गको निरीक्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छिन् । प्रधानमन्त्री कार्की मंगलबार बिहानै द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा समेत सहभागी छन् । उनीहरूले द्रुतमार्ग निर्माणको प्रगति, गुणस्तर तथा समयसीमाबारे जानकारी लिएको बताइएको छ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको जनाएको छ।



No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment