रास्वपाका पूर्वसांसद श्रेष्ठले रोजे श्रम संस्कृति पार्टी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार डा. श्रेष्ठलाई स्वागत गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौं है त।’
डा. श्रेष्ठ २०७९ सालमा रास्वपाबाट समानुपातिक सांसद बनेका थिए। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग् दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले कारवाही गरेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment