‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन

डिसी नेपाल
२२ माघ २०८२ ११:४८
8
Shares

काठमाडौं। निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी तोकिएको हुँदा प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न गृह मन्त्रालयले सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ।

०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीयरुपमा सम्पन्न गर्न निर्वाचन आयोगले आचार संहिता, २०८२ लागू गरिसकिएको छ।

गृह सचिव राजकुमार श्रेष्ठद्वारा जारी एक विज्ञप्तिमा जिल्लाका सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आयोगले प्रदान गरेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी प्रभावकारी ढङ्गमा निर्वाह गर्न निर्देशन दिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘आयोगद्वारा प्रदान यस जिम्मेवारीलाई कार्यान्वयन गर्न गराउन निष्पक्ष र निर्भीक भई कार्य गर्नुहुनेछ भन्ने विश्वास गृह मन्त्रालयले लिएको छ र सबै निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको रूपमा सम्पादित कार्यहरूको प्रतिवेदन मन्त्रलायमा समेत उपलब्ध गराउन अनुरोध गर्दछ।’

जिल्लास्तरमा आचारसंहिता पालना गर्न गराउन आयोगले सहायक प्रजिहरुलाई जिल्लाको आर्थिक विषय क्षेत्र बाहेकका अन्य विषयमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको स्पष्ट पारेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *