‘बालेन सरकारले जनअपेक्षा अनुसार काम गरोस्’
काठमाडाैं। जेन्जी आन्दोलन, सत्ता र सडकबारे देवदहमा जेनजी अगुवाहरु विच छलफल भएको छ। उज्यालो लाल्टिन प्रतिष्ठानले शनिवार आयोजना गरेको कार्यक्रममा जेन्जी अभियन्ता रक्षा बम, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य प्रदिप ज्ञवाली र पत्रकार पवन पौडेलले बहस छलफल गरे।
अन्तरक्रियामा बोल्दै जेन्जी नेतृ बमले जेन्जी आन्दोलनको क्रममा भदौ २४ मा भएको क्षतिको राज्यले अनुसन्धान गर्नुपर्ने बताइन्। उनले राज्यको आधिकारिक निकायले अनुसन्धान गरेर सत्य बाहिर ल्याउनुपर्ने धारणा राखिन्।
‘हामी प्रश्न लिएर सडकमा गएका थियौं। तत्कालिन केपी ओली नेतृत्वको सरकारलाई हाम्रो करको पैसा कहाँ छ भन्ने प्रश्न उठाएका थियौं।’ अन्तरक्रियामा उनले भनिन्, ‘ भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा युवाहरुलाई ताकीताकी राज्यले गोली वर्षाएको हो। भदौ २४ मा जेजस्तो क्षति भयो त्यसको पनि अनुसन्धान अवश्यक छ।’
नेतृ बमले आफुले सत्ता र सडकमध्ये सडक रोजेको उल्लेख गर्दै कुनै नायकले जादुको छडी घुमाएर परिवर्तन गर्न नसक्ने धारणा राखिन्। बालेन्द्र शाह नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्ने मौका गुमाउन नहुने उनको भनाइ छ।
कार्यक्रममा बोल्दै प्रदीप ज्ञवालीले आफु सडक र सत्ताको सेतु बन्ने धारणा राखे। सत्ताले सडकको आवाज सुन्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जेन्जी आन्दोलनको अपेक्षा अनुसार काम गर्ने विचार व्यक्त गरे।







डिसी नेपाल







Facebook Comment