नेविसंघ अध्यक्ष दुजाङ शेर्पाद्वारा पद त्यागेको घोषणा

डिसी नेपाल
२२ वैशाख २०८३ २२:००

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले पदबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेका छन्।

शेर्पाले एक विज्ञप्ति जारी गर्दै अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल समाप्त भएको बताएका छन्।

उनले पदबाट अलग भए पनि सामाजिक दायित्व र परिवर्तनप्रतिको उत्तरदायित्व भने निरन्तर रहने बताएका छन्।

विज्ञप्तिमा शेर्पाले नेविसंघको १२औं महाधिवेशन सम्पन्न गर्ने प्रमुख जिम्मेवारी आफूलाई दिइएको भए पनि उक्त लक्ष्य पूरा गर्न नसक्नु आफ्नो जीवनमा गहिरो खड्किने विषय भएको उल्लेख गरेका छन्।

उनले आफ्नो कार्यकालमा भएका कमजोरी र असफलताको सम्पूर्ण जिम्मेवारी व्यक्तिगत रूपमा स्वीकार गर्ने स्पष्ट धारणा राख्दै कुनै बहाना वा अरू पक्षमाथि दोषारोपण नगर्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *