दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई १२ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिइएको छ।
सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ)को कसुरमा पक्राउ परेका उनीहरूलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको हो।
बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनीहरूलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते र शंकर ग्रुपका सञ्चालक अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment