जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

डिसी नेपाल
२३ वैशाख २०८३ २०:०३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा जलवायु विश्लेषणजस्ता सेवाको स्तरोन्नति गरिने बताएका छन्।

उनले आज जल तथा मौसम विज्ञान विभागको स्थलगत अनुगमन गरेका थिए। सो क्रममा मन्त्री श्रेष्ठले विभागको वस्तुस्थितिका बारेमा अवलोकन पनि गरेका थिए।

उनीलाई विभागकी महानिर्देशक डा अर्चना श्रेष्ठले विभागको कामहरूबारे जानकारी गराएका थिए। उनले विभागको पछिल्लो पूर्वानुमान प्रभावकारी भएको र अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *