नेकपा (एमाले) को राष्ट्रियसभा सचेतकमा रोशनी मेचे नियुक्त

डिसी नेपाल
२५ वैशाख २०८३ १३:४३

काठमाडौं। नेकपा (एमाले) ले राष्ट्रियसभाको सचेतकमा माननीय रोशनी मेचेलाई चयन गरेको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले मेचेलाई सो जिम्मेवारीमा नियुक्त गरेका हुन्।

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित मेचेलाई संसदीय कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सचेतकको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।

संसदीय दलका नेता थापाले पार्टीको विधान र संसदीय अभ्यास बमोजिम उनलाई सचेतक पदमा नियुक्त गरेका हुन्।

मेचेले अब राष्ट्रियसभामा एमालेका तर्फबाट संसदीय गतिविधिलाई समन्वय गर्ने र पार्टीका निर्णयहरूलाई सदनमा प्रभावकारी रूपमा कार्यान्वयन गराउन भूमिका खेल्नेछिन्। संघीय संसद्को अधिवेशन सुरु हुन लागेको सन्दर्भमा एमालेले राष्ट्रियसभातर्फको यो महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *