विदेशी मुद्राको विनिमयदर: डलर र युरोको भाउ बढ्यो, कुवेती दिनार सबैभन्दा महँगो

डिसी नेपाल
२६ वैशाख २०८३ ६:३०

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ जसअनुसार अमेरिकी डलरको भाउमा वृद्धि देखिएको छ।

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ। यस्तै युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा रहँदा बिक्रीदर १७८ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ भने युके पाउण्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०६ रुपैयाँ २५ पैसा तोकिएको छ।

अन्य प्रमुख मुद्राहरूमा स्वीस फ्रयाङ्कको बिक्रीदर १९४ रुपैयाँ ९५ पैसा, अष्ट्रेलियन डलरको १०९ रुपैयाँ ६१ पैसा र क्यानेडियन डलरको ११० रुपैयाँ ९९ पैसा कायम भएको छ। सिंगापुर डलरको बिक्रीदर ११९ रुपैयाँ ४९ पैसा रहँदा जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ६६ पैसा र चिनियाँ युआन एकको २२ रुपैयाँ २७ पैसा पुगेको छ।

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने खाडी मुलुकका मुद्राहरूमध्ये साउदी रियालको बिक्रीदर ४० रुपैयाँ ३८ पैसा, कतारी रियालको ४१ रुपैयाँ ५८ पैसा र युएई दिरामको ४१ रुपैयाँ २५ पैसा तोकिएको छ।

त्यसैगरी मलेसियन रिङ्गेट एकको बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, दक्षिण कोरियन वन १०० को १० रुपैयाँ ३३ पैसा र थाई भाटको ४ रुपैयाँ ७० पैसा कायम भएको छ।

आजका लागि कुवेती दिनार सबैभन्दा महँगो मुद्रा बनेको छ जसको बिक्रीदर ४९४ रुपैयाँ ७१ पैसा रहेको छ भने बहराइन दिनारको ३०१ रुपैयाँ ४३ पैसा र ओमान रियालको ३९३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसामा स्थिर रहेको छ। राष्ट्र बैंकले यो दर आवश्यकता अनुसार जुनसुकै बेला परिवर्तन हुन सक्ने र वाणिज्य बैंकहरूले आफ्नै हिसाबले फरक दर तोक्न सक्ने पनि स्पष्ट पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *