सरकारका कदमले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुर्याउँछ: शंकर पोखरेल
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै राज्य सञ्चालनका क्रममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखिन थालेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान गर्नु नै लोकतन्त्रको मुख्य आधार भएको उल्लेख गरे।
महासचिव पोखरेलका अनुसार सरकार एक अविच्छिन्न उत्तराधिकार भएको संस्था भएकाले यसलाई प्रतिशोधको आधारमा खण्डित गर्नु लोकतान्त्रिक मूल्य-मान्यताविपरीत हुन्छ।
यस्ता कदमले संस्थागत अस्थिरता निम्त्याउने र अन्ततः अधिनायकवादतर्फको प्रवृत्तिलाई प्रश्रय दिने खतरा रहने भन्दै उनले सरकारलाई सचेत गराएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment