विपक्षीको उठेर विरोध: सभामुखको आग्रहपछि सुचारु भयो संसद् बैठक

डिसी नेपाल
२८ वैशाख २०८३ १४:३६

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठक प्रमुख प्रतिपक्षी लगायत अन्य विपक्षी दलहरूको अवरोधका बीच अगाडि बढेको छ।

बैठकको प्रारम्भमै विपक्षी दलका सांसदहरूले आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि केही समय सदनको कारबाही प्रभावित भएको थियो।

संसद् सुरु हुनासाथ विपक्षीहरूको नाराबाजी र उठेर विरोध गर्ने कार्य नरोकिएपछि सदनमा केही बेर अन्योलको वातावरण सिर्जना भएको थियो।

विपक्षीहरूको लगातारको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठकलाई सुचारु गर्न पटक-पटक आग्रह गरेका थिए।

उनले आजको बैठकका लागि आकस्मिक समय निर्धारण भइसकेको र सांसदहरूले आफ्ना धारणा राख्ने अवसर पाउने जानकारी गराउँदै सदनको कामकारबाहीमा बाधा नपुर्‍याउन अनुरोध गरे।

सभामुखको उक्त आग्रह र आकस्मिक समयमा बोल्न दिने प्रतिबद्धतापछि विपक्षी सांसदहरू बस्न सहमत भएसँगै बैठकको कार्यसूची अगाडि बढाइएको हो। अहिले सदनमा सांसदहरूले समसामयिक र सार्वजनिक महत्त्वका विषयमा आफ्ना धारणा राखिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *