संसद बाहिर सांसदहरू : जनसुरक्षा र सरकारको नीति कार्यक्रमबारे टिप्पणी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले हात्ती तथा बाघ आतंकबाट नागरिक असुरक्षित बनेको भन्दै सरकारले तत्काल प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्ने बताएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो क्षेत्र अर्जुनधारा नगरपालिका–२ का दिनेश पराजुली हात्ती आतंकबाट गम्भीर घाइते भएको उल्लेख गरिन्।
उनले भनिन्, ‘मेरो क्षेत्रको अर्जुनधारा नगरपालिका वडा नं. २ का दिनेश पराजुली हात्ती आतंकबाट एकदमै गम्भीर घाइते हुनुभएको छ। संसदमा बोल्न त पाइएन, तर आज हात्ती आतंकले, बाघको आतंकले गर्दा मानिसहरू प्रताडित भइरहेका छन्। सरकारले लाइटको व्यवस्था गर्नुपर्यो, सुरक्षाको व्यवस्था गर्नुपर्यो। सशस्त्र र आर्मीलाई पालेर मात्र राख्ने होइन, ठाउँ–ठाउँमा पीडित छन्। यस्तो घटना हुनुभन्दा अगाडि सरकारले ध्यान पुर्याउनुपर्छ।’
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सांसद बर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम जनअपेक्षाअनुसार आउन नसकेको टिप्पणी गरेका छन्।
संसद परिसरमै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले ‘जेनजी आन्दोलन’ पछिको सरकारले क्रमभंगसहितको नीति तथा कार्यक्रम ल्याउने अपेक्षा गरिए पनि त्यसअनुसार आउन नसकेको बताए।
उनले भने, ‘निरन्तरताको हिसाबले विगतमा हामीले लिएका नीति तथा कार्यक्रम क्यारी भएको हिसाबले खुसी हुने त छँदैछ। विगतमा अस्थिरताका कारण राम्रा कार्यक्रम आएर पनि कार्यान्वयन हुँदैनथे। यस पटक सरकारसँग त्यो सुविधा छ। पाँच वर्षको जनमत पाएको अवस्थामा आट गरेर व्यवस्थित रूपमा प्राथमिकीकरण गरेर लिनुपथ्र्यो, त्यस्तो खालको नीति कार्यक्रम भएन।’







डिसी नेपाल







Facebook Comment