मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
३० वैशाख २०८३ ११:१६

काठमाडाैं।प्रधानमन्त्री सम्माननीय बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी यस बैठकमा सरकारका विभागीय मन्त्रीहरूको उपस्थिति रहेको छ।

बैठकमा देशको वर्तमान राजनीतिक अवस्था, प्रशासनिक नियुक्तिहरू र सरकारका आगामी योजनाका विषयमा केन्द्रित रहेर छलफल भइरहेको बुझिएको छ।

विशेषगरी जनसरोकारका विषय र मन्त्रालयहरूले पेस गरेका नयाँ प्रस्तावहरूमाथि आवश्यक निर्णय लिन यो बैठक डाकिएको हो। बैठक समापन भएपछि सरकारका प्रवक्तामार्फत आजका मुख्य निर्णयहरू सार्वजनिक गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *