हुलाक बचत बैंक भ्रष्टाचार मुद्दा: विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन नासु बलीरामप्रसाद कुर्मीको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ।
आयोगले हुलाक बचत बैंक बारामा बचतकर्ताको रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा रु पाँच करोड ३५ लाख ६४ लाख २७९ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। सो मुद्दामा विशेष अदालतले विसं २०८२ माघ २२ गतेको फैसलाबाट आंशिक सफाइ दिएको थियो।
उक्त फैसलाविरुद्ध चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment