बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फिर्ताको तयारी

डिसी नेपाल
४ जेठ २०८३ १६:२४

काठमाडौं । भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका ६ जना नेपाली बालबालिकालाई उद्धार गरिएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा सामाजिक संस्था ‘किन इन्डिया’को पहलमा उनीहरूको उद्धार गरिएको हो।

उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इन्डियाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए।

उद्धार कार्यका लागि खटिएको ‘किन इन्डिया’ का प्रतिनिधिहरुले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बालबालिकालाई नेपाल ल्याइने बताए।

उद्धार गरिएका बालबालिकामध्ये चार जना कोशी प्रदेशका छन्। उनीहरूलाई आवश्यक परामर्श तथा संरक्षण व्यवस्थापछि मोरङ लैजाने योजना छ।

बालबालिका विभिन्न घटनामार्फत भारत पुगेकाले घटनाको प्रकृति फरक–फरक रहेको बताइएको छ। यसबारे थप विवरण आवश्यक परामर्श तथा अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *