पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
वीरगञ्ज (पर्सा) । जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार भएका आरोपी एक जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका-१० का बजरङ्ग टोलका रामनारायण दास तत्माले मादक पदार्थ सेवन गरी ४२ वर्षीया पत्नी हलसियाकुमारी देवीको हत्या गरेका अभियोग लागेको थियो।
दासले यही जेठ १४ गते फलाम हतियारले प्रहार गरेर हलसिया देवीको हत्या गरी फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए।
अभियुक्त रामनारायणलाई महोत्तरी प्रहरीको सहयोगमा शनिबार महोत्तरीको रामगोपाल नगरपालिकाबाट नियन्त्रणमा लिइ कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उनले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment