दैलेखमा बोलेरो जीप दुर्घटना, ६ जना गम्भीरसहित ८ घाइते
दैलेख। दैलेखमा सोमबार एक यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था निकै गम्भीर रहेको प्रहरीले जनाएको छ।
भैरवी गाउँपालिका वडा नम्बर ७ स्थित कालिगौँडा भित्री सडक खण्डमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१ ००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटनामा परेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गुडिरहेको जीपको अचानक ब्रेक फेल भएपछि नियन्त्रण गुमाएर सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
दुर्घटना लगत्तै स्थानीय र प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेका थिए। दुर्घटनामा परेका सबै ८ जना घाइतेलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ। गम्भीर घाइतेहरूको अवस्थालाई हेरेर थप उपचारका लागि अन्यत्र प्रेषित (रेफर) गर्ने तयारी भइरहेको बुझिएको छ।
घटनाबारे थप विवरण र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको तथा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment