रोल्पामा पिकअप गाडी दुर्घटना, तीन जनाको मृत्यु

डिसी नेपाल
२१ जेठ २०८३ १०:००

काठमाडाैं। रोल्पाको माडी गाउँपालिका-२ व्याङखोलामा आज बिहान एउटा पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा एक महिला र दुई पुरुष रहेका छन्, तर उनीहरूको पहिचान अझै खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार दुर्घटनामा परेको गाडीको नम्बर समेत तत्काल खुल्न सकेको छैन।

उक्त पिकअप गाडी सडकबाट करिब चार–पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

घटनाका बारेमा आज बिहान ९ बजेतिर जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएर आवश्यक अनुसन्धान र उद्धार कार्य गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *