चिकित्सकको ओभरटाइम गणना गरी सुविधा थप गर्न सरकारसँग माग

डिसी नेपाल
२२ जेठ २०८३ १९:५०

काठमाडौं। नेपाल चिकित्सक संघ ले चिकित्सकहरूको अतिरिक्त समय (ओभरटाइम) गणना गरी सेवा–सुविधा थप गर्न सरकारसँग माग गरेको छ।

संघले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निसा मेहता लाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नियमित ड्युटीबाहेक चिकित्सकहरू आकस्मिक सेवा, अनकल र बिरामी उपचारमा खटिनुपर्ने भएकाले अतिरिक्त समयको उचित मूल्यांकन हुनुपर्ने जनाएको छ।

संघले ओपिडी सेवा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सीमित गरी त्यसपछिको ड्युटीलाई ओभरटाइमका रूपमा गणना गर्न माग गरेको छ।

त्यसैगरी निजी मेडिकल कलेजका प्राध्यापक, इन्टर्न तथा पीजी चिकित्सकहरूको श्रम अधिकार सुनिश्चित गर्न, सर्तबन्दी चिकित्सकलाई लोक सेवा आयोगको परीक्षामा सहभागी हुन दिन र विशेषज्ञ चिकित्सकहरूको तहगत नियुक्ति व्यवस्था गर्न पनि संघले माग गरेको छ।

ध्यानाकर्षण पत्रमा चिकित्सकहरूको व्यावसायिक सुरक्षाका लागि छुट्टै चिकित्सक ऐन, १० लाख रुपैयाँसम्मको दायित्व बीमा, थप दरबन्दी, शतप्रतिशत जोखिम भत्ता तथा अतिरिक्त समयको सेवा कर १५ प्रतिशतमा सीमित गर्नुपर्ने मागसमेत गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *