असारको आगमनसँगै बडिखेल घ्याम्पे डाँडामा धान रोपाइँको चटारो, किसानहरू खेतमै व्यस्त

डिसी नेपाल
२६ जेठ २०८३ १२:११

ललितपुर । असार महिनाको आगमनसँगै देशका विभिन्न भागमा जस्तै बडिखेलको घ्याम्पे डाँडा क्षेत्रमा पनि धान रोपाइँको चहलपहल निकै बढेको छ।

मानो खाएर मुरी उब्जाउने यो महत्त्वपूर्ण समय सुरु भएसँगै यस क्षेत्रका किसानहरू बिहानीपखदेखि नै धान रोपाइँमा सक्रिय र व्यस्त देखिएका छन्।

मनसुन सक्रिय भएसँगै आकाशे पानी र उपलब्ध सिँचाइको उपयोग गर्दै किसानहरू खेत गरा सम्याउने, बीउ काढ्ने र रोपाइँ गर्ने काममा जुटेका हुन्।

परम्परागत रूपमा असारे भाका गाउँदै, हिलो छ्यापाछ्याप गर्दै र आपसी अर्मपर्म (सहकार्य) को माध्यमबाट यहाँ धान रोप्ने कार्य भइरहेको छ। बडिखेल घ्याम्पे डाँडा क्षेत्रको यो रोपाईंले कृषि प्रधान देश नेपालमा असार महिनाको वास्तविक रौनक र किसानको कर्मठतालाई प्रष्ट रूपमा झल्काएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *