चीनको इली नदी उपत्यका क्षेत्रमा बाख्रा डुबाउने सिजन सुरु

डिसी नेपाल
१ असार २०८३ १६:०८

एजेन्सी। उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको इली नदी उपत्यका क्षेत्रमा एक महिना लामो बाख्रा डुबाउने सिजन सुरु भएको छ।

गर्मी सिजनमा बाख्रा वा गाईवस्तुहरूले स्वस्थ रुपमा चरनमा बिताउन सकून् भन्ने उद्देश्यले पानीमा डुबाउने गरिएको हो।

पछिल्लो तथ्यांक अनुसार गोङ्लिउ काउन्टी र टेक्स काउन्टीमा, ११ लाख ५० हजारभन्दा बढी बाख्राहरूले नुहाएका छन्, जसले परजीवी र कीटाणु मार्न मद्दत गर्न सक्छ।

चरनमा लैजानुअघि बाख्राहरूलाई पनि खोप लगाइएको थियो। किसानहरूका अनुसार यसरी डुबाउने कामले बाख्राहरूमा परजीवीहरूलाई मार्न सक्छ, रोगहरूको आक्रमण नहुने साथै शरीर सफा राख्न मद्दत गर्दछ। साथै ऊनको गुणस्तर सुधार गर्न सहयोग पुग्दछ।

इली नदी उपत्यकाभरि बाख्रा डुबाउने र गर्मी पशुधन रोग रोकथाम अभियान जुलाई १० सम्ममा सम्पन्न हुनेछ।(सीसीटीभीप्लस)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *