फिफा विश्वकप २०२६: अष्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा
काठमाडाैं। फिफा विश्वकप फुटबल-२०२६ अन्तर्गत अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न रोमान्चक खेलमा घरेलु टोली अमेरिकाले अष्ट्रेलियालाई २-० गोलअन्तरले स्तब्ध पार्दै प्रतियोगिताको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।
विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो सानदार जित हो। यसअघि आफ्नो उद्घाटन खेलमा पाराग्वेलाई पाखा लगाएको अमेरिकाले यो जितसँगै समूह ‘डी’ मा लगातार ६ अंक जोड्दै तालिकाको शीर्ष स्थान बलियो बनाएको छ।
प्रतिस्पर्धात्मक खेलको सुरुवाती ११औँ मिनेटमै अमेरिकाले अप्रत्यासित अग्रता लिने अवसर पायो। अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले बल क्लियर गर्ने प्रयास गर्दा दुर्भाग्यवश आत्मघाती गोल हुन पुग्यो, जसले अमेरिकालाई सुरुवाती राहत दिलायो। पहिलो गोलको दबाब झेलिरहेको अष्ट्रेलियाविरुद्ध आक्रामक खेल जारी राख्दै अमेरिकाका एलेक्स फ्रीम्यानले खेलको ४३औँ मिनेटमा उत्कृष्ट गोल गरे।
एलेक्सको उक्त गोलसँगै पहिलो हाफमै २-० को आरामदायी अग्रता बनाएको अमेरिका विरुद्ध दोस्रो हाफमा अष्ट्रेलियाले खेलमा फर्कन निकै प्रयास गरे पनि सफल हुन सकेन। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि अमेरिकाले खेल २–० ले आफ्नो पक्षमा पार्दै अघिल्लो चरणको यात्रा तय गर्यो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment