कतारको ग्यास प्लान्टमा ठूलो विस्फोट, ५४ जना घाइते, १८ जना बेपत्ता

डिसी नेपाल
८ असार २०८३ १०:३४

काठमाडौं । कतारको रास लाफान औद्योगिक शहरमा रहेको ग्यास प्लान्टमा ठूलो विस्फोट हुँदा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता छन्।

कतारी अधिकारीहरूका अनुसार रास लाफान औद्योगिक शहरमा विस्फोट भयो र त्यसपछि ठूलो आगलागी भयो। कम्पनीले आपतकालीन टोलीहरू तुरुन्तै घटनास्थलमा पठाइएको र केही समय पछि आगो नियन्त्रणमा आएको बताएको छ।

कतारको आन्तरिक मन्त्रालयले एक विज्ञप्तिमा विस्फोटमा ५४ जना घाइते भएको र १८ जना बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको जनाएको छ।

मन्त्रालयका अनुसार विस्फोट “प्राविधिक दुर्घटना” का कारण भएको हो। सार्वजनिक सुरक्षामा खतरा निम्त्याउन सक्ने कुनै ग्यास चुहावट भएको थिएन।

“कतार इन्टरनेशनल सर्च एण्ड रेस्क्यू ग्रुपले नागरिक रक्षा टोलीहरूसँगको सहकार्यमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको छ,” गृह मन्त्रालयले भनेको छ।

कतारको घरेलु बजारमा ग्यास आपूर्ति गर्ने प्लान्टमा विस्फोटबाट कुनै क्षति भयो कि भएन भन्ने कुरा बताइएको छैन।

यसैबीच, एक प्रत्यक्षदर्शीले रोयटर्सलाई बताएअनुसार राजधानी दोहामा पनि विस्फोटको ठूलो आवाज सुनिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *