इरानका सभामुख गालिबाफको घोषणा: ‘होर्मुज स्ट्रेट अब युद्धपूर्वको स्थितिमा फर्किने छैन’
काठमाडौं । इरानका संसद् अध्यक्ष एवं अमेरिका-इरान वार्ताका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले होर्मुज स्ट्रेट अब युद्धभन्दा पहिलेको जस्तो स्थितिमा नफर्किने बताएका छन्। उनले यस महत्त्वपूर्ण समुद्री मार्गको रेखदेख अबका दिनमा इरानले आफ्नै तरिकाले गर्ने, यद्यपि अन्तर्राष्ट्रिय नियमहरूको पालना भने जारी रहने स्पष्ट पारेका छन्।
इरानको सरकारी न्युज एजेन्सी प्रेस टीभीका अनुसार, स्विट्जरल्याण्डमा अमेरिकासँग भएको प्राविधिक वार्ताको पहिलो चरणपछि गालिबाफले इरानलाई अमेरिकामाथि विश्वास नभएको कुरा पुनः दोहोर्याएका छन्। गालिबाफले भनेका छन्, “हामीले कहिल्यै पनि अमेरिकीहरूमाथि विश्वास गरेनौँ, आज पनि गर्दैनौँ र भविष्यमा पनि सतर्क रहनुमै बुद्धिमानी हुनेछ।”
अर्कोतर्फ, ट्रम्पले इरान आफ्ना परमाणु ठेगानाहरूको अन्तर्राष्ट्रिय जाँचका लागि तयार भएको दाबी गरेका छन्। यद्यपि, इरानले यस दाबीलाई खारेज गर्दै परमाणु मुद्दामा कुनै नयाँ सहमति नबनेको बताएको छ। यसैबीच, स्विट्जरल्याण्डमा भएको वार्तापछि अमेरिकाले इरानी तेलमाथि लगाइएका केही प्रतिबन्धहरूमा ६० दिनको छुट दिएको छ।







डिसी नेपाल







Facebook Comment