श्रीमतीको हत्या गरी फरार रहेका रौतहटका महन्थ राय यादव पक्राउ

डिसी नेपाल
११ असार २०८३ ८:३६

रौतहट। आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यादवले गत जेठ ३ गते आफ्नै सुत्ने कोठामा ३२ वर्षीया श्रीमती आरती देवी यादवको धारिलो हतियार (बन्चरो) प्रयोग गरी निर्मम हत्या गरेका थिए। घटनापछि उनी फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले प्राविधिक विश्लेषणको आधारमा यादवलाई फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ विजयपुरबाट पक्राउ गरेको हो।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *