कबाडी बोकेका १० वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

डिसी नेपाल
१६ असार २०८३ २२:०७

काठमाडौं । सशस्त्र प्रहरी बलले ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ।

आवश्यक कागजपत्रबिना कबाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ती ट्रकलाई आज साँझ सानेपाबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए।

सशस्त्र प्रहरी बलको दङ्गा नियन्त्रण रेजिमेन्टले नियन्त्रणमा लिएको ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *