रुकुम पूर्वमा गिट्टी–बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिँदा एकको मृत्यु, दुई घाइते

डिसी नेपाल
१६ असार २०८३ २२:१७

रुकुम पूर्व । रुकुम पूर्वको भुमे गाउँपालिका–६, कन्तिगानेस्थित सडकको भित्ताबाट गिट्टी–बालुवा निकाल्ने क्रममा माटोको ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलबार साँझ साढे ५ बजेको समयमा भएको उक्त घटनामा परी भुमे गाउँपालिका–६ का ५० वर्षीय दलखम्ब बुढाको मृत्यु भएको हो। ढिस्कोमा पुरिएका उनलाई उद्धार गरी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा ५१ वर्षीय सम्पूर्ण बुढा र ३० वर्षीय चिन्तामणि बुढा घाइते भएका छन्। सम्पूर्णको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइते चिन्तामणिको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट महत र इलाका प्रहरी कार्यालय काक्रीबाट खटिएको टोलीले उद्धार कार्य गरेको थियो। यस सम्बन्धमा थप अनुसन्धान जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *