पत्रकार खेम भण्डारी पक्राउ

डिसी नेपाल
१८ असार २०८३ १०:२०

काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका-१८ बाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतले फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

पत्रकार भण्डारी विरुद्ध कञ्चनपुरकै किरण विष्टले गाली बेइज्जती मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते भण्डारीलाई दोषी ठहर गर्दै १ महिना ७ दिन कैद सजाय र १२ हजार १०० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

जिल्ला अदालतको उक्त फैसलाविरुद्ध भण्डारी उच्च अदालत गएका थिए। तर, उच्च अदालत दिपायलको महेन्द्रनगर धनगढी इजलासले गत चैत २२ गते जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो।

अदालतको सोही फैसला कार्यान्वयन गर्न प्रहरीले भण्डारीलाई पक्राउ गरेको डिएसपी रावतले बताए। पक्राउपछि प्रहरी हिरासतमा राखिएका भण्डारीलाई अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *