बालकुमारी क्षेत्रमा सडक सौन्दर्यीकरण : भित्ताहरूमा कोरिए आकर्षक भित्तेचित्र (तस्बिर)

डिसी नेपाल
१८ असार २०८३ ११:३७

ललितपुर। ललितपुरको बालकुमारी क्षेत्रमा सडक सौन्दर्यीकरण अभियानअन्तर्गत सडक किनारका भित्ताहरूमा आकर्षक एवं कलात्मक भित्तेचित्र (म्युरल पेन्टिङ) हरू कोरिएका छन्।

काठमाडौँ उपत्यकाका मुख्य सडक तथा सार्वजनिक पर्खालहरूलाई व्यवस्थित, सफा र सुन्दर बनाउने महानगरपालिका एवं स्थानीय निकायहरूको कूटनीतिक र वातावरणीय नीतिअनुरूप बालकुमारी आसपासका मुख्य सडकका पर्खालहरूलाई कलाले सजाइएको हो।

यी भित्तेचित्रहरूमा नेपालको रैथाने परम्परा, जीवन्त संस्कृति र ऐतिहासिक सम्पदालाई झल्काउने मौलिक दृश्यहरूलाई कलात्मक रूपमा समेटिएका छन्।

विशेष गरी बौद्ध दर्शन एवं सम्पदाका प्रतीकहरू तथा परम्परागत लाखे नृत्यका जीवन्त चित्रहरू कोरिएका छन्, जसले स्थानीय सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय जगत्मा समेत उजागर गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

यस सिर्जनात्मक कार्यले सडकको कुरुप बन्दै गएका भित्ताहरूलाई नयाँ रूप दिएर सडकको सौन्दर्यलाई निकै बढाएको छ भने बाटो हिँड्ने यात्रु र सर्वसाधारणलाई समेत आकर्षित गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *