झोलुङ्गे पुल निर्माणका लागि एक करोड बजेट विनियोजन

डिसी नेपाल
२० असार २०८३ १५:४७

तनहुँ । जिल्लाको आँबुखैरेनी र चितवन जोड्ने त्रिशूली नदीमाथि दुई वटा झोलुङ्गे पुल निर्माणका लागि रु एक करोड बजेट विनियोजन भएको छ ।

आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९, चितवन र आँबुखैरेनी गाउँपालिका–४ र चितवनको इच्छाकामना गाउँपालिका, जोड्ने त्रिशूली नदीमा पुल निर्माणका रु ५० लाखका दरले बजेट विनियोजन भएको हो ।

दुई स्थानमा झोलुङ्गे पुल बनेपछि सर्वसाधारणलाई आवतजावतमा सहज हुने विश्वास गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । आँबुखैरेनी गाउँपालिकाको आवश्यकता र अनुरोधलाई विशेष प्राथमिकता राखेर मन्त्रालयबाट बजेट विनियोजन भएको छ”, उनले भने, “यस कार्यले हामीलाई थप हौसला र अघि बढ्न प्रेरणा मिलेको छ ।”

उनका अनुसार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री डा दिनेशचन्द्र देवकोटा र मन्त्रालयका प्रदेश सचिव इञ्जिनियर ईश्वरचन्द्र मरहठ्ठाको विशेष भूमिका रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *