गणेश नेपालीको मृत्युपछि काठमाडौं महानगरपालिका परिसरमा सुरक्षा व्यवस्था कडा
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय परिसरमा आज बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि महानगरको सुरक्षा व्यवस्था कडा पारिएको हो।
हाल काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालय बाहिर नेपाल प्रहरीले कडा सुरक्षा घेरा बनाएको छ। कार्यालय परिसरमा प्रवेश गर्नेहरूमाथि कडा सोधपुछ भइरहेको छ भने सञ्चारकर्मीहरूलाई फोटो तथा भिडियो खिच्न समेत रोक लगाइएको छ।
बिहीबार राहदानी विभाग अगाडि पार्किङ गरिएको मोटरसाइकलमा महानगर प्रहरीले ह्वीललक लगाएपछि विवाद उत्पन्न भएको थियो। सोही क्रममा आक्रोशित गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाएका थिए।
गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। यस घटनापछि महानगर प्रहरीले गरेको कारबाहीको चौतर्फी आलोचना भइरहेको छ।






डिसी नेपाल





Facebook Comment