एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने महावीर पुनको घोषणा
काठमाडौं। विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने घोषणा गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले कुनै पनि ठुला तथा साना युटुवरसहितका सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई महत्वपूर्ण विषय भन्दा बाहेक एक बर्ष सम्म अन्तरवार्ता नदिने बताएका हुन्।
उनले लेखेका छन,‘आज देखि मैले कुनै पनि ठुला साना युटुवर सहित सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक बर्ष सम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन।’
ट्राफिक जरिवाना विवादबारे स्पष्टीकरण दिँदै उनले भने, ‘केही दिनअघि सामाजिक सञ्जालका पत्रकारहरूलाई अन्तर्वार्ता दिने क्रममा गुड्ने सवारी साधन र ट्राफिक नियम उल्लंघनको प्रसंगमा ५० हजार जरिवाना गर्नुपर्छ भनी आफूले बोलेको कुरा फिर्ता लिँदै माफी मागेको छु।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment