पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री बालेन्द्र शाहले छलफल गर्दै

डिसी नेपाल
४ साउन २०८३ ११:१२
12
Shares

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्यान्ह १२:०० बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका प्रमुख सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्दै छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने उक्त बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयहरूमा केन्द्रित रहेर गहन विचारविमर्श हुनेछ।

उक्त महत्वपूर्ण बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुँदै छन्।

यसैगरी, कार्यक्रममा प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेलको समेत सहभागिता रहने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *