सभामुख अर्यालद्वारा असंसदीय अभिव्यक्ति हटाउन निर्देशन

डिसी नेपाल
८ भदौ २०८३ १७:५९

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा रानामगर र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रामबहादुर थापाले यसअघि सदनमा व्यक्त गरेका असंसदीय शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन्।

सभामुख अर्यालले आजको बैठकमा छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले नेपालको शासकीय अभ्यासको सन्दर्भमा जोडेर सदनमा अभिव्यक्ति नदिन सांसदहरूको ध्यानाकर्षण गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *