भोटेकोशी बाढीपीडितलाई कर्णाली प्रदेश सरकारले दुई करोड रुपैयाँ सहयोग गर्ने

डिसी नेपाल
१६ भदौ २०८३ १३:३५

सुर्खेत। कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले बाढी प्रभावित क्षेत्रको विपद् व्यवस्थापन र पुनर्निर्माणमा सहयोग पुर्‍याउन प्रदेश सरकारको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले प्रदेशको शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र विकासका लागि सामाजिक विकास मन्त्रालयले तयार पारेको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषद्को यस निर्णयसँगै कर्णाली सरकारले एकातिर अन्तरप्रदेशीय विपद्मा परेका नागरिकका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ भने अर्कोतिर आफ्नै प्रदेशको शिक्षा क्षेत्रको आगामी दशकका लागि दीर्घकालीन मार्गचित्र तय गरेको छ।

यसअघि पनि कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीपछि राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सार्वजनिक अपिल गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *