विपद्पछि ऊर्जा मन्त्रालयको सक्रियता: बाढीग्रस्त क्षेत्रमा विद्युत् लाइन मर्मत र उद्धार कार्य एकसाथ
काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको कार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च प्राथमिकताका साथ अघि बढाएको छ।
बाढीका कारण प्रभावित भएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कर्मचारीको सकुशल उद्धार गरिएको छ। सुरुङभित्र बाँकी रहेका अन्य व्यक्तिहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, भारतीय सेना, चिनियाँ एवं कोरियन विज्ञ र आयोजनाका प्राविधिकहरूको संयुक्त टोली निरन्तर खटिरहेको छ।
यसैगरी, बाढीबाट क्षति पुगेका संरचनाको द्रुत गतिमा मर्मत-सम्भार गर्दै प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न तीव्र रूपमा काम भइरहेको छ। मानवीय जीवनको रक्षा र अत्यावश्यक सेवाहरूको पुनःस्थापनाका लागि मन्त्रालयले आफ्ना सम्पूर्ण संयन्त्रहरू परिचालन गरी चौबीसै घण्टा समन्वय गरिरहेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment