किभमा अमेरिकी प्रतिनिधिमण्डल: त्रिपक्षीय वार्ता ब्यूँताउने प्रयास, सकारात्मक नतिजाको आशा

डिसी नेपाल
२२ भदौ २०८३ ११:०४

किभ, युक्रेन। अमेरिकी विशेष दूत स्टिभ विट्कफ र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनरले युक्रेनी अधिकारीहरूसँगको ‘फलदायी’ छलफलपछि अमेरिका, रुस र युक्रेनबीच पुनः त्रिपक्षीय वार्ता सुरु गर्न जोड दिएका छन्।

रसियाले किभमा निरन्तर क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखेका बेला युद्ध सुरु भएयता अमेरिकी प्रतिनिधिमण्डलको यो पहिलो किभ भ्रमण हो। बैठकपछि कुनै ठूलो सहमति वा घोषणा नगरिए पनि दूत विट्कफले ‘राम्रो नतिजा निस्कनेमा आफू विश्वस्त रहेको’ बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि अमेरिकासँगको वार्तामा ‘केही नयाँ विचारहरू’ माथि छलफल भएको पुष्टि गरेका छन्।

किभ आउनुअघि विट्कफ र कुशनरले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गहन छलफल गरेका थिए।

कुशनरले सिधा संवादका लागि त्रिपक्षीय वार्ता फलदायी हुने बताउँदै यसअघि पनि यस्तो अभ्यास भएको उल्लेख गरे। राष्ट्रपति जेलेन्स्कीले पनि त्रिपक्षीय वा युरोपेली साझेदारहरूसहितको वार्ताका लागि युक्रेन तयार रहेको र रुसको प्रतिक्रिया पर्खिरहेको बताए।

अमेरिकी टोलीको यो भ्रमणका क्रममा रुस र युक्रेनबीच दुवै देशका राजधानी (किभ र मस्को) मा हमला नगर्ने गरी ७२ घण्टाको अस्थायी युद्धविराम गरिएको थियो। यद्यपि, किभ बाहेकका अन्य क्षेत्रमा भने रुसी आक्रमण जारी नै रहेको युक्रेनी सेनाले जनाएको छ।

भ्रमणका क्रममा अमेरिकी प्रतिनिधिमण्डललाई रुसी आक्रमणबाट क्षति पुगेको ऐतिहासिक सेन्ट सोफिया क्याथेड्रकलको अवलोकन गराइएको थियो।

छलफलका क्रममा जेलेन्स्कीले वायु रक्षा प्रणालीको अभाव युक्रेनको कमजोर पक्ष रहेको बताउँदै अमेरिकाबाट ‘प्याट्रियाट’ एन्टी-ब्यालिस्टिक क्षेप्यास्त्रको आपूर्ति बढ्नेमा आशावादी रहेको व्यक्त गरे। किभमा भएको यो वार्तामा बेलायत, फ्रान्स र जर्मनीका प्रतिनिधिहरूसमेत सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *