कविता : तिमी र म
तिमी र म- दुई बाटोका यात्रु,
कहिले सँगै हिँड्यौँ, कहिले मौन रह्यौँ।
समयको बालुवामा लेखिएको कथा,
छाल आयो… र सब निसानी बगायो।
तिमी हावा थियौ – छोएर बितिसक्यौ,
म बत्ती थिएँ – निभेर पनि बलिरहेँ।
तिमीले भन्यौ “अलविदा” सहजै,
मैले भनेँ “फेरि भेटौँला”… बस त्यत्तिकै।
अब जब रात बिस्तारै ओर्लिन्छ,
ताराहरू तिम्रै कुरा गर्छन्।
हावा गालामा छोइन्छ जब मृदु रीतिले,
लाग्छ, तिमी नजिकै कतै बसेकी छौ।
तिमी र म- अझै त्यहीँ छौँ,
बीचमा अलिकति दूरी मात्र छ।
माया त उही छ, रूप मात्र
फेरिएको छ-
नाम “स्मृतिहरू” राखिएको छ अब।
इटहरी, सुनसरी
No ads found for this position
प्रतिक्रिया




Facebook Comment